२०८३ असार १७ बुधबार

झापाकाे शिवसताक्षीमा भाईकाे हत्या आराेपमा दाजु पक्राउ

झापा । झापाको शिवसताक्षीमा आफ्नै भाईकाे हत्या आराेपमा दाजु पक्राउ परेका छन् ।

प्रहरीले शिवसताक्षी नगरपालिका-८ शितल चौक निवासी ४२ वर्षीय रामप्रसाद सिटौलाको हत्या आरोपमा उनका दाजु नारायण सिटौलालाई पक्राउ गरेकाे हाे । घटना पश्चात् अनुसन्धानका लागि मृतकका दाजु नारायणलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुशिल थापामगरले जानकारी दिए ।

गएराति करिब ९ बजे आफ्नै घरको पछाडिपट्टि उतानो परेको अबस्थामा रामप्रसादको शव फेला परेको थियो ।  टाउकोमा गम्भीर चोट देखिएकाेले उनीमाथि  दाउरा प्रहार भएकाे हुनसक्ने प्रहरीकाे अनुमान छ । घटनास्थल वरिपरि दाउरा छरिएको र रगत लतपतिएको थियो । दुवै दाजुभाइले मादक पदार्थ सेवन गरी झगडा गरेको र त्यसपछि नारायणले भाइलाई दाउराको चिर्पटले हानेकाे  आशंका गरिएको छ । प्रहरीले राति नै मृतकको शवलाई पोस्टमार्टमको लागि दमक अस्पताल पठाइसकेको प्रहरीले जनाएको छ ।

२०८१ भाद्र २८, शुक्रबार प्रकाशित 1 Minute 296 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।