२०८३ असार १७ बुधबार

असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने

काठमाडौं । यो वर्षको दसैँसहितका चाडपर्वका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने भएको छ ।

नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य  बैंकहरूबाट समेत नोट साट्न सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले असोज १३ बाट सुकिला नोट साट्न सकिने व्यवस्था मिलाउन लागिएको बताए ।

यो वर्ष नयाँ नोट भने नसाट्ने राष्ट्र बैंकले निर्णय गरिसकेको छ ।

सुकिला नोट साट्न चाहानेले ५, १०, २०, ५० र १०० दरको एक सेट नोट साट्न सक्नेछन् ।

२०८१ भाद्र २६, बुधबार प्रकाशित 0 Minutes 270 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।