२०८३ असार १७ बुधबार

अरिङ्गालले टोकेर ताप्लेजुङका युवकको मृत्यु

अरिङ्गालले टोकेर घाइते भएका ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ खेबाङका ३२ वर्षीय दीपेन लिम्बूको उपचारको क्रममा मृत्यु भएको छ। पाँच दिनअघि अरिङ्गालले टोकेर गम्भीर घाइते भएको लिम्बूको झापाको बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा उपचारको क्रममा लिम्बूको मृत्यु भएको हो।

ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलका अनुसार उपचारका क्रममा मृत्यु भएको हो। गत बिहीबार आफ्नै अलैँची बगानमा काम गर्ने क्रममा लिम्बूलाई अरिङ्गालले टोकेको थियो।

करिव ६० वटाभन्दा बढी अरिङ्गालले टोकेपछि गम्भीर घाइते हुनुभएका लिम्बूलाई प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा प्राथमिक उपचार गरी थप उपचारका लागि झापा पुर्याएको थियो। झापाको विर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा उपचार सुरु भएको चार दिनपछि लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ।

२०८१ भाद्र २६, बुधबार प्रकाशित 0 Minutes 257 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।