२०८१ भाद्र २७ बिहीबार

स्कुटरमा घर फर्किँदै गर्दा झापामा दिदीभाईमाथि सामूहिक हमला, घटनामा संलग्न चारै जना फरार

आफन्तकोबाट स्कुटरमा घर फर्किँदै गर्दा झापा कनकाईका दिदीभाईमाथि सामूहिक हमला भएको छ । हमलाबाट दुवैजना सख्त घाइते भएका छन् ।

गएराति १२ बजे झापा गाउँपालिका ५ पन्थापाडामा कनकाई नगरपालिका- ३ सुरुङ्गाकी २६ वर्षीया सिर्जूँ दर्जी र उनका भाइ २२ वर्षीय विवश दर्जीलाई चार जनाको समूहले साङ्घातिक हमला गरेका हुन् ।

झापा गाउँपालिकाको झापा बजारमा रहेको आफन्तको घरबाट फर्किने क्रममा पन्थापाडा चोकमा बसिरहेका झापा- ५ सिमलडाँगीका शम्सेर मियाँ , वडा नं ५ रुईमारीका सावुदिन मियाँ , पुरानो शरणामतीका जयप्रकाश गणेश र बाह्रदशी ४ चकचकीका वीरेन्द्र पोद्धारले दर्जी दिदीभाईमाथि सामूहिक हमला गरेको प्रहरीले जनाएको छ । लागूअ‍ौषध प्रयोग गरी आएको भन्दै उनीहरूले दिदीभाईलाई कुटपिट गरी बेहोस बनाएका थिए ।

घटना थाहा पाएर पन्थापाडाको प्रहरी टोली घटनास्थल पुगेको थियो । दुवैलाई उपचारका लागि बिर्तामोडको बिर्तासिटी अस्पताल ल्याइएको छ । कुटपिट गर्ने चारै जना फरार रहेका छन् । घटनास्थलबाट फरार युवाहरूको मे ११ प २२३०,प्र१–०२–००३ प ३३१८ र दर्जीको प्र १–०१७ प ३८७ नम्बरको स्कुटर नियन्त्रणमा लिई पन्थापाडा चौकीमा राखिएको प्रहरीले जनाएको छ ।

२०८१ भाद्र १०, सोमबार प्रकाशित 1 Minute 307 Views

ताजा समाचार