२०८१ भाद्र २७ बिहीबार

त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

नारायणघाट-मुग्लिन सडक खण्डको घुमाउनेमा दुर्घटना भएको बस त्रिशूलीमा खस्नबाट जोगिएको छ। आइतबार बिहान सवा सात बजे भरतपुर महानगरपालिका -२९ घुमाउनेमा यात्रुवाहक बस आफैँ अनियन्त्रित हुँदा सडक छेउमा बनाइएको डिभाइडरले नदीमा खस्नबाट जोगिएको हो ।

सडकको करिब एक सय मिटर तल त्रिशूली नदी छ। बस दुर्घटना हुँदा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डीएसपी भेषराज रिजालले  जानकारी दिए। उनीहरूलाई चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको उनले बताए।  घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।

महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुप्र.प्र.०२–००१ ख १३३२ नम्बरको बस आफैँ अनियन्त्रित भई सडक साइडको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।  दुर्घटनापछि उक्त स्थानमा बाटो एकतर्फी सञ्चालन भएको प्रहरीले जनाएको छ ।

२०८१ भाद्र ९, आईतवार प्रकाशित 1 Minute 69 Views

ताजा समाचार