झापाको गौरीगञ्जमा एक वृद्धको शव कुहिएको अवस्थामा फेला परेको छ । गौरीगञ्ज गाउँपालिका- ३ स्थित कृपाल टोल निवासी राजेश सरवरिया मण्डलको घरमा बस्दै आएका अन्दाजी ७० वर्षीय दयानन्द सरवरिया मण्डलको शव शनिबार बिहान कुहिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार घरको पूर्वपट्टि कदमको रुखमुनि रहेको ट्युबवेलमा उनको शव फेला परेको थियो ।
शव किरा परेर गन्हाउने अवस्थामा देखेर स्थानीयले इलाका प्रहरी कार्यालय गौरीगञ्जलाई खबर गरेका थिए । लगतै प्रहरी टोली घटनास्थल पुगेर शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि दमकतर्फ पठाइएको थियो । घटनाको बारेमा प्रहरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । शवको अवस्था हेर्दा ४–५ दिन अगाडी मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । मृतक दिनहुँ जाँडरक्सी खाएर हिँड्ने गरेको स्थानीयको भनाई छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



