२०८३ असार १७ बुधबार

झापामा युवतीमाथि सामुहिक बलत्कार, ४ जना पक्राउ

झापा । झापामा १६ बर्षकी युवतीमाथि शुक्रबार राती सामुहिक बलात्कार गर्ने चारजना पक्राउ परेका छन् । अर्जुनधारा-५ की निवासी  युवतीमाथि चारजना युवाले सामुहिक बलात्कार गरेका हुन् ।

युवतीको बयानका आधारमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा–७ का सुनिल राजबंशी, केशबकुमार मगर, सरोज राई र अनिस लिम्बु रहेका छन् । प्रहरीका अनुसार घटनामा संलग्न भएको आरोप लागेका उनीहरुलाई आज (शनिवार) बिहान नै घरबाट पक्राउ गरिएको हो ।

पीडित परिवारका अनुसार पीडकमध्येका दुईजनाले शुक्रबार अपराह्न युवतीलाई घुम्न जाने भन्दै घरबाट लगेका थिए । त्यसपछि उनीहरुले अर्जुनधाराकै एक होटलमा पुर्याएका थिए । त्यहाँ उनका अरु दुईजना साथीहरु थिए ।

उनीहरु चारजनाले नै रातभर युवतीमाथी बलात्कार गरेको प्रहरीसँगको बयानमा पीडितले बताएकी छन् । घटनापछि बिहान पीडकमध्येका सुनिल राजबंशीले पीडित युवतीलाई मोटरसाइकलमा पीडितको घर पुर्याएका थिए ।

उनले अर्जुनधारा–७ को वडा कार्यालयमा बसिरहेको भेटेपछि पुर्याएका आएको बताएका थिए । तर, युवतीले उनीपनि घटनामा संलग्न रहेको बयान दिएपछि प्रहरीले राजबंशीलाई पनि पक्राउ गरेको हो ।

२०८१ भाद्र ८, शनिबार प्रकाशित 1 Minute 354 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।