२०८३ असार १७ बुधबार

झापाको अर्जुनधारामा पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं : झापाको अर्जुनधारा नगरपालिका-४ दहिझोडाबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन्।

स्थानीय ६२ वर्षीय इन्द्रबहादुर आङ्देम्बेलाई म‌ंगलबार राति कटुवा पेस्तोलसहित नियन्त्रणमा लिएको  जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं डीएसपी कृष्णबहादुर चन्दले ।

घरमा अवैध हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनी विर्तामोडबाट खटिएको प्रहरी टोलीले आङ्देम्बेलाई घरबाट पेस्तोलसहित नियन्त्रणमा लिएको हो।

उनलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

२०८१ भाद्र ५, बुधबार प्रकाशित 1 Minute 385 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।