२०८१ भाद्र २७ बिहीबार

नाइट चेस क्लबको `छैठौं राष्ट्रिय एमेच्युर चेस क्याम्पियनसिप २०८१´ भदौ ७ देखि

मेचीनगर । बुद्धिचाल प्रतियोगिताका क्षेत्रमा निरन्तर लागिपर्दै आएको झापा मेचीनगर-६ काँकरभिट्टाको नाइट चेस क्लबले `छैठौं राष्ट्रिय एमेच्युर चेस क्याम्पियनसिप २०८१´को आयोजना गर्ने भएको छ ।

लागुऔषध दुर्ब्यसनीविरुद्धकाे क्षेत्रमा लामो समययता कृयाशिल क्लबले युवाको बुद्धि- विवेक र प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यले चेस च्यम्पियन्सिप प्रतियोगिता गर्ने भएको हो ।

भदौ ७ गतेदेखि १० गतेसम्म देशभरका बुद्धिचालमा झुकाव राख्ने खेलाडीलाई प्रतियोगितामा सहभागी गराउने शनिबार पत्रकारसमक्ष नाइट चेस क्लबका अध्यक्ष बिश्व विजय घिमिरे  जानकारी दिए ।

प्रतियोगितामा २ हजारदेखि १७ सय र १७ मुनि अंङ्कमा छनोटमा परेका २० जनालाई नगद, प्रमाणपत्रसहित समान एबम् पुरस्कृत गरिने जनाएको छ । दुई चरणको प्रतियोगितामा प्रथम हुने दुई जनालाई ५०/५० हजार, द्वितीयलाई २५/२५ हजार, तृतीयलाई १५/१५ हजार, चौथोलाई १२/१२ हजार नगद प्रमाणपत्रद्वारा पुरस्कार प्रदान गर्ने भएको क्लबका सचिब राजेश राउतले जानकारी दिए ।

त्यसैगरी पाँचौ हुने खेलाडीलाई १० /१० हजार, छैठौंलाई ८ हजार, सातौलाई ६/६ हजार र दुबै चरणमा आठौं, नवौं र दशौ घोषित प्रतियोगी खेलाडीलाई ५/५ हजार नगदसहित पुरस्कृत गरिने जनाइएको छ ।

`छैठौं राष्ट्रिय एमेच्युर चेस क्याम्पियनसिप २०८१´ बाट उत्कृष्ट छनोटमा परेका खेलाडीलाई दुबैमा आयोजना गरिने अन्तर्राष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगितामा सहभागी गराउने आयोजकको भनाई छ ।

प्रतियोगिता सञ्चालन गर्न नेपाल बुद्धिचाल संघको सहयोगमा प्राबिधिक तथा आर्विटरको ब्यवस्थापन गर्ने, आयोजकले प्रतियोगितामा सहभागी १२० जना खेलाडीलाई खाने-बस्नको ब्यवस्थापन गर्ने समेत जनाइएको छ ।

प्रतियोगिता सम्पन्न गर्न १८ लाख २२ हजार खर्च लाग्ने अनुमान गरिएको छ । उक्त खर्च प्रदेश सरकार, मेची नगरपालिकाले सरकारी तहबाट सहयोग जुट्ने जनाएको छ भने पशुपति अंग्रेजी बोर्डिङ स्कुलले १ लाख सहयोग गरेको छ । त्यस्तै अन्य मेची युमा चेस एकेडेमी र नेपाल चेस फेडेरेसनलगायतका संघसंस्थाले आर्थिक सहयोग गर्ने आयोजकको भनाई छ ।

२०५४ सालमा स्थापना भएको नाइट चेस क्लबले स्थापनाकाल देखि नै झापा लगायतका जिल्लालाई चेस प्रतियोगिता तथा बुद्धिचालको क्षेत्रमा आयाम थप्दै आएको छ । त्यसैगरी लागुऔषध दुर्ब्यशनीविरुद्ध आवाज बुलन्द गर्दै एचआईभी संक्रमितलाई औषधि एबम् स्याहार गर्दै पहिचान बनाएको छ ।

मोफसलमै पहिलो पटक २०६३ र २०७५  सालमा झापाको काँकरभिट्टामा राष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगिता गर्दै छनोटमा परेका खेलाडीलाई २०७६ फागुनमा १५० जनालाई अन्तर्राष्ट्रिय रेटिङ बुद्धिचाल प्रतियोगिता आयोजना गरेको थियो ।

२०८१ भाद्र २, आईतवार प्रकाशित 1 Minute 117 Views

ताजा समाचार