२०८१ भाद्र २७ बिहीबार

पछिल्लो एक सातामा मूल्य धेरै बढेका र घटेका कम्पनी

२९ साउन, काठमाडौं । पछिल्लो एक सातामै सेयर बजार १० प्रतिशतले बढेको छ । गत मंगलबार २६५१ अंकमा रहेको बजार सोमबार बन्द हुँदा २९३१ अंकमा छ ।

बढ्दो बजारमा हुने जोखिम र नाफाको भागिदार लगानीकर्ता तथा कारोबारी स्वयम्‌ले नै ब्यहोर्ने हो । कतिपय कारोबारीको रोजाइमा मूल्य बढिरहेका कम्पनी पर्ने गरेका छन् भने कतिपयले मूल्य घटेका कम्पनी हेर्ने गरेका छन् ।

पछिल्लो एक सातालाई हेर्दा ६ कम्पनीको मूल्य २५ प्रतिशतभन्दा धेरै बढेको छ । त्यस्तै सात कम्पनीको मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

मूल्य उच्च दरमा बढेका कम्पनीमा अधिकांश हाइड्रोपावर छन् । पछिल्लो एक सातामा सगरमाथा जलविद्युत् कम्पनीको मूल्य सबैभन्दा धेरै ३७.९ प्रतिशत बढेको छ ।

त्यस्तै अरुणभ्यालीको २८.९, मिडसोलु हाइड्रोपावरको २७.९, मन्दाकिनी हाइड्रोपावरको २७.५, अरुण काबेली पावरको २५.३, गुडविल फाइनान्सको २५.२ प्रतिशतले मूल्य बढेको छ ।

पछिल्लो एक सातामा हाथवे इन्भेस्टमेन्टको मूल्य सबैभन्दा धेरै १२.१ प्रतिशत घटेको छ । त्यस्तै ओरियन्टल होटलको ९.४, एनआरएन इन्फ्रास्ट्रक्चरको ९, सीईडीबी हाइड्रोपावरको ७.६, फस्र्ट माइक्रोफाइनान्सको ७.६, इमर्जिङ नेपालको ६.८ तथा लक्ष्मी लघुवित्तको मूल्य ६.७ प्रतिशत घटेको छ । अनलाइन खबरबाट

२०८१ श्रावण २९, मंगलवार प्रकाशित 0 Minutes 81 Views

ताजा समाचार