२०८३ असार १७ बुधबार

भद्रपुरका सृजन आठ दिनदेखि सम्पर्कविहीन

भद्रपुर । झापा भद्रपुरका एक युवक आठ दिनदेखि परिवारबाट सम्पर्क विहीन भएका छन्  । भद्रपुर नगरपालिका-१० स्थित चन्द्रगढीको केन्द्रमोड निवासी टीकाराम सिवाकोटीका २० वर्षीय छोरा सृजन सिवाकोटी सम्पर्क विहीन भएको परिवारले सार्वजनिक गरेका छन् ।

सिवाकोटी परिवारले सामाजिक सञ्जाल फेसबुक मार्फत गत साउन २२ गते मगलबार बिहान ११ बजेको समयमा चन्द्रगढी बजार जान्छु भनी घरबाट हिँडेको र अहिलेसम्म सम्पर्कमा नआएको बताइएको छ । बुबाले छोरा सृजन तिमी जहाँ भए पनि हामी प्रतीक्षा गरिरहेका छौ भनी लेखेका छन् । कहीँ कतै छोरालाई देख्नु भएमा नजिकको प्रहरी कार्यालय वा परिवारको मोबाइल नम्बर  सम्पर्क गरिदिन परिवारजनले आग्रह समेत गरेका छन् ।

२०८१ श्रावण २९, मंगलवार प्रकाशित 1 Minute 236 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।