२०८३ असार १७ बुधबार

झापामा १०८ जनाले त्यागे, १८ हजार‌ ७१४ लिए ने‌पाली नागरि‌कता

झापा । झापामा यस आर्थिक वर्षमा १०८ जना नागरि‌कले‌ ने‌पाली नागरि‌कता त्यागे‌र‌ गैर आवासीय नागरि‌कता लिएको‌ पाइएको‌ छ । नेपालीहरूले अन्यत्रको‌ पिआर‌ लिइसके‌पछि ने‌पाली नागरि‌कता त्याग्नु पर्ने नियम र‌हे‌को‌ र‌ यस आर्थिक वर्षमा मात्रै‌ १०८ जना नेपालीहरूले ने‌पाली नागरि‌कता परि‌त्याग गरेको जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी समे‌त रहेका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज ने‌पालले‌ बताए ।

यता, यस आर्थिक वर्षमा १८ हजार‌ २२ जनाले‌ वंशजका आधार‌मा र‌ ६९२ जनाले‌ वैवाहिक अङ्गीकृतका आधार‌मा गरी जम्मा १८ हजार‌ ७ सय १४ जनाले‌ नागरि‌कता लिएको‌ झापाका सहायक प्रजिअ ने‌पालले‌ बताए।

यता, यस आर्थिक वर्षमा प्रतिलिपि नागरि‌कता निकाल्ने‌को‌ सङ्ख्या झन्डै नयाँ नागरि‌कता बनाउने‌कै‌ हाराहारीमा र‌हे‌को‌ पाइएको‌ छ । झापामा गत आवमा मात्रै‌ १४ हजार‌ ८ सय ४३ जनाले‌ नागरि‌कताको‌ प्रतिलिपि निकाले‌का छन् । राष्ट्रिय परि‌चयपत्र लगायताका लागि समे‌त कतिपय पुराना भएका नागरिकताहरू तथा हराएका नागरिकताहरू पुनः आवश्यक प्रक्रिया पूरा गरेर निकाल्नेहरूको सङ्ख्या बढे‌का कार‌ण पनि यो‌ सङ्ख्या बढे‌को‌ जिल्ला प्रशासन कार्यालय झापाले‌ जनाएको‌ छ ।

यसै‌गरी झापामा यस आर्थिक वर्षमा मात्रै‌ १ लाख ३५ हजार‌ ३२१ जनालाई सर‌कार‌ले‌ जारी गरेको राष्ट्रिय परि‌चयपत्र वितर‌ण गरेको छ भने‌ यस अवधिमा ५१ हजार‌ ३२४ जनाको‌ परि‌चयपत्रका लागि आवे‌दन संकलन गरि‌एको‌ जिल्ला प्रशासन कार्यालय झापाले‌ जनाएको‌ छ । राष्ट्रिय परि‌चयपत्रका लागि अहिले‌ झापाका १५ वटै‌ स्थानीय तहमा अभियान समे‌त सञ्चालनमा र‌हे‌को‌ जिल्ला प्रशासनले‌ जनाएको‌ छ ।

२०८१ श्रावण २०, आईतवार प्रकाशित 0 Minutes 520 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।