२०८१ मंसिर २६ बुधबार

नगरपालिकालाई दलको खबरदारी : बेवास्ता गरिए कडा आन्दोलन

इटाभट्टा । मेचीनगर नगरपालिको कार्य सम्पादन सम्बन्धमा चरम असन्तुष्टि जनाउँदै नेपाली काँग्रेससहितका ७ दलले ध्यानार्षण गराएका छन् ।

शुक्रबार दलबलसहित नगरपालिका परिसरमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपा एकिकृत समाजवादी गरी ७ दलका तर्फबाट संयुक्त ज्ञापन पत्र बुझाइएको छ ।

ज्ञापन पत्रमा विगत केही समयदेखि नगरबाट भएका गलत कार्यहरुले नगरवासीहरु नै जोखिममा परिरहेको उल्लेख छ । नगर नेतृत्वको हैकमबादी प्रवृत्ति हावी हुँदै गएको बताउँदै विगतमा राजनीतिक दलका तर्फबाट भएका खबरदारीको बेवास्ता गरिएको विज्ञप्तिमा भनिएको छ ।

२१ बुँदे ज्ञापन पत्रमा नगरले हचुवाको भरमा निणर्य गर्ने र जनदबाव आएपछि फिर्ता हुने गरेको उल्लेख छ । मापदण्ड विपरीत खोला उत्खनन् गर्दा अनाहकमा ज्यान गुमाएका शिक्षक धनराज भण्डारी र परिवारप्रति नगर सम्वेदनशील हुन नसकेको साथै सोको लागि सर्वदलीय छानवीन समिति गठन गरी दोषीलाई कडा कारवाही गर्न भनिएको छ ।

त्यस्तै मेचीनगरको एक रेडियोमार्फत वडा अध्यक्ष अर्जुन कार्कीले भ्रष्टचारको विषयमा नगर माथिनै गम्भीर आरोप लगाउँदा समेत मौन रहेको, छलफल नगरी नगरमा गौरवका योजना ल्याउने गर्ने गरेको, नगर अस्पताल, ‘भ्यू-टावर’, बहुजातीय सङग्राहलय, ‘ल्याण्डफिल्ड साईड’ यथाशीघ्र सञ्चालनमा ल्याउनु पर्ने माग गरिएको छ ।
IMG_20240802_123447नगर परिसर भित्रै सेवाग्राही कुटिने गरेको, शिक्षालय तथा बजारको प्रभावकारी अनुगमन हुन नसकेको, खाद्य प्रयोगशाला स्थापनामा ढिलाई, कर्मचारी माथि हातपातले घटनाले असुरक्षा बढाएको तथा छानवीन समितिबाट विभिन्न घटना सम्बन्धमा भएका प्रतिवेदन सार्वजनिक नगरेको बताइएको छ ।

विज्ञप्तिमा बाहुण्डाँगीको हात्ती समस्या, सामुदायिक विद्यालय तथा क्याम्पसका समस्या, कृषिमा अनुदानका विषय उठान गरिएको छ ।

कानुन विपरीत कर्मचारी नियुक्त रोक्न आग्रह गर्दै नगरका सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्ने, वडा नं १४ मा रहेको होल्डिङ सेन्टरलाई कृषि केन्द्रमा विकास गरिनुपर्ने, सुकुम्बासी समस्याको समाधानमा लाग्न भनिएको छ ।

नगरले हालै ल्याएको बजेट कार्यकर्तामूखी भएका वितरण गरिएको जनाउँदै एकाङ्की रुपमा गठन गरिएका समितिहरु प्रति आपत्ती प्रकट गरिएको छ ।
घातक रोगीको उपचार, मेची आम्दा अस्पताललाई व्यवस्थित बनाइ नगरवासीको सेवामा गम्भीर बन्न आग्रह गरिएको छ ।

यसअघि समेत पटक/पटक विज्ञप्ति बुझाउने गरिएको जनाउँदै विज्ञप्तिको फेरि पनि बेवास्ता गरिए कडा आन्दोलन गर्ने उल्लेख छ ।
ज्ञापन पत्र बुझ्दै नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले कतिपय कानुनी उल्झनका कारण कामहरु गर्न नसकि रहेको स्वीकार गरे । उनले राजनीतिक दलका तर्फबाट भएका खबरदारीबाट नगरको ध्यानकर्षण भएको बताउँदै उठान गरिएका विषयवस्तु माथि गम्भीर बन्ने बताए ।

नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज माधव अर्यालले सहजीकरण गरेको कार्यक्रममा नेपाली काँग्रेस क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले वाचन गरेका थिए ।
विज्ञप्तिमा सात दलका क्षेत्र तथा नगरका प्रमुखहरुले हस्ताक्षर गरेका छन् ।

हेर्नुस् ज्ञापनपत्र:-
IMG_20240802_115730

IMG_20240802_115749

IMG_20240802_115802मेचीनगर-४ का वडाध्यक्षले नगरपालिकामा भ्रष्टाचार बढेको भनी लगाएको आरोपको छानबिन गरि दोषीमाथी कार्बाही गर्नुपर्ने  ।

नगरका गौरवका योजनाहरु तय गर्दा व्यापक छलफलपछि निर्णय गर्नुपर्नेमा गत आबमा कृषिमण्डिको रुपमा राखिएको जग्गालाई चालू आबमा खेल मैदानको ब्यवस्था गरिएकोले त्यसलाई हेरफेर गरिनुपर्ने लगायतला २१ बुदे ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापन पत्रमा कांग्रेसका तर्फबाट क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, माओबादी केन्द्रका तर्फबाट क्षेत्रीय सभापति माधव अर्याल, रास्वपाका तर्फबाट क्षेत्रीय अध्यक्ष भीमबहादुर कुँवर, राप्रपाका तर्फबाट क्षेत्रीय उपाध्यक्ष विश्वराज पोखरेल, एकीकृत समाजबादीका तर्फबाट क्षेत्रीय संयोजक भाष्कर घिमिरे, जसपाका तर्फबाट नगर अध्यक्ष ओमप्रकाश खापुङ लगायतले हस्ताक्षर गरेका छन्।

२०८१ श्रावण १८, शुक्रबार प्रकाशित 1 Minute 158 Views

ताजा समाचार