२०८३ असार १७ बुधबार

पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौँ — पेट्रोल र डिजेलको मूल्य घटेको छ । इण्डियन आयल कर्पोरेसनबाट बुधबार मूल्य घटेर आएपछि  नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो ।

जसअनुसार पेट्रोलमा प्रति लिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्य घटेको छ ।

मूल्य समायोजनपछि काठमाडौंमा पेट्रोलको भाउ प्रतिलिटर १७० रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको प्रतिलिटर १५८ रुपैयाँ कायम भएको छ । हवाई इन्धन र एलपी ग्याँसको मूल्य बढेर आएपनि हाललाई यथावत राखिएको निगमले जनाएको छ ।

२०८१ श्रावण १६, बुधबार प्रकाशित 0 Minutes 210 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।