२०८१ पुष २९ सोमबार

काँकरभिट्टामा पिउने पानीका लागि ओभर हेड ट्यांकी शिलान्यास

काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले खानेपानी विस्तार अभियानलाई तीब्रता दिएको छ ।

संस्थाले काँकरभिट्टा सहलगानी अन्तरर्गत बुधबार मेचीनगर -६ स्थित रमाइलो गाउँमा २२५ घन लिटर क्षमताको ओभर हेड टेंकी शिलान्यास गरेको छ ।

ओभर हेड टेंकीको शिलान्यास मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । शिलान्यासपछि बोल्दै कार्यक्रमकका प्रमुख अतिथि बुढाथोकीले खानेपानीको अभावको पीडा काँकरभिट्टा बासीले लामो समय भोग्नुपरेको स्मरणा गर्दै सर्वसुलभ खानेपानी वितरणमा खानेपानी समितिले खेलेको भूमिकाको प्रशंसा गरे ।

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले तीन साता अघि मेचीगर- ५ स्थित सिर्जना टोलमा ४५० घन लिटर क्षमताको ओभरहेड टेंकी शिलान्यास गरेको थियो । उक्त टेंकीको शिलान्यास संघीय सांसद एवम् नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले गरेका थिए ।

दुवै टेंकीको कुल लागत १० करोड ४८ लाख रहेको खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका कार्यालय प्रमुख दीपक पोख्रेलले जानकारी दिए । ३० महिनामा निर्माणकार्य सक्नेगरी दुबै ओभरहेड टेंकीको निर्माणको जिम्मा निर्माण व्यवसायी पारस लामिछानेले लिएका छन् ।

खानेपानी समितिले भने १२ महिना भित्रमा निर्माणकार्य पुरा गर्ने गरी काम अघि बढाएको कार्यालय प्रमुख पोख्रलेले बताए । रमाइलो गाउँमा यस अघि ओभरहेड टेंकी निर्माण गरिएको भएपनि टेंकी जीणर् भएपछि समस्या आएको थियो । मेचीनगर ५ मा निर्माणधिन टेंकी र रमाइलो गाउँको टेंकीले करिव २३ सय घरधुरी लावान्वीत हुन सक्ने कार्यालयले जनाएको छ ।

कार्यक्रममा मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेती, मेचीनगर- ६ का वडाध्यक्ष ललित बहादुर तामाङ, मेचीनगर ८ का वडाध्यक्ष गिरीराज धमला, इप्रका काँकरभिट्टाका डिएसपी मिन बहादुर लामा, नेकपा एमालेका मेचीनगर अध्यक्ष राजु कार्की, धुलाबारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष धनकाजी खत्री, बाहुनडाँगी खानेपानी उपभोक्ता समितिका अध्यक्ष सनद कुमार अधिकारी, मेची सामुदायिक सेवाकेन्द्रका अध्यक्ष मुक्ति पौडेललगायतको आतिथ्यता रहेको थियो ।

काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष रोहित कुमार बुढाथोकीको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष बुढाथोकीले संस्थाले खानेपानी तथा सरसफाइ क्षेत्रमा गरेका कामको चर्चा गरे ।

उपाध्यक्ष गोविन्द गिरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव विशाल तामाङले गरेका थिए ।

२०८१ श्रावण १६, बुधबार प्रकाशित 1 Minute 162 Views

ताजा समाचार