
मेचीनगरमा अटो र मोटरसाइकल एकापसका ठोक्किँदा पाँच जना घाइते भएका छन् । आज मेचीनगर १३ स्थित सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको मे ११ प १९०५ नम्बरको मोटरसाइकल र मे १ च ८५४३ अटो एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक बुद्धशान्ति २ बस्ने २३ वर्षीय अनुराग पोखरेल , पछाडि सवार सोही ठाउँ बस्ने २३ वर्षीय मनोज मगर, अटो चालक बुद्धशान्ति २ बस्ने ४२ वर्षीय केशव भण्डारी , अटोमा सवार सोही ठाउँ बस्ने ४२ वर्षीय इन्द्रप्रसाद रिजाल, ४३ वर्षीय यमबहादुर रिजाल रहेका छन् । घाइतेहरूको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

२०८१ श्रावण १०, बिहीबार प्रकाशित
0 Minutes
125 Views