झापाको अर्जुनधारा नगरपालिका-१ स्थित धान खेतमा एक व्यक्ति मृत फेला परेका छन् ।
अर्जुनधारा १ नम्बर वडा कार्यालयनजिकै धान खेतको पानीमा घोप्टो परेको अवस्थामा एक व्यक्ति मृत फेला परेको वडा अध्यक्ष उपेन्द्र बस्नेतले जानकारी दिए । मृतककाे नाम भने खुलेको छैन ।

बिहान ७.३० बजेतिर घटनाको खबर प्राप्त भएको र आफू नेतृत्वको टोली अहिले घटनास्थलतर्फ गइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



