झापा अर्जुनधारा नगरपालिका–५ की १३ वर्षीय रोशनी महरा दर्जी गत चार दिनदेखि बेपत्ता भएकी छिन् । बिर्तामोडस्थित एक विद्यालयमा कक्षा–७ मा अध्ययनरत रोशनी असार ३२ गते बिहान ५ बजे घरबाट हराएकी उनकी आमा माया महरा दर्जीले बताइन् ।
एक पटक एक महिलासँग फोनमा कुरा हुँदा दिक्तेलमा रहेको बताएको र त्यही समयदेखि फोन सम्पर्क हुन नसकेको उनका बुबा विनोद महरा बताए । छोरी ना बालिका रहेको र विवाह गर्ने उमेरसमेत नभएकोले कसैले ललाई फकाई गरी बेपत्ता बनाएको सन्काले बिर्तामोड इलाका प्रहरी कार्यालयमा निवेदन दिएको महराले बताए ।
प्रहरीले खोजी गरिदिउँला भने पनि अहिलेसम्म केही पत्तो नभएको महराले बताए । विनोद विगत १० वर्ष देखि दृष्टिविहीन भई घरमै बसेकोले श्रीमतीले ज्याला मजदुरी गरी घर परिवार चलाइरहेको र आफू कतै खोजी गर्न समेत जान नसक्ने भएकोले प्रहरी प्रशासन, पत्रकार एवम् सम्पूर्णमा छोरी खोजी गरिदिन महराले अनुरोध गरेका छन ।