२०८१ कार्तिक २० मंगलवार

सुनको मूल्यले फेरि बनायो नयाँ रकेर्ड

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको हो ।

यो हालसम्मकै उच्च मूल्य हो । यसअघि हिजो सोमबार एक लाख ४६ हजार ९०० रुपैयाँमा कारोबार भएर सुनको मुल्यले नयाँ रेकर्ड बनाएको थियो ।

यो रेकर्डलाई आजको मूल्यले ‘ब्रेक’ गरेको हो । सोमबारको तुलनामा सुनको मूल्य ९०० रुपैयाँले बढेर कारोबार भएको हो ।

तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

२०८१ श्रावण १, मंगलवार प्रकाशित 0 Minutes 84 Views