२०८१ मंसिर २५ मंगलवार

डी. कौडिन्य पत्रकारिता पुरस्कार रेग्मी र लामालाई प्रदान गरिने

बिर्तामोड । डी. कौडिन्य पत्रकारिता पुरस्कार पत्रकारद्वय झुलन रेग्मी र डिकेश लामालाई संयुक्त प्रदान गरिने भएको छ । जनपक्षीय पत्रकार देवकुमार आचार्य (डी. कौडिन्य) को स्मृतिमा प्रेस सेन्टर नेपाल झापाले स्थापना गरेको सो पुरस्कार यस वर्ष रेग्मी र लामालाई प्रदान गरिने भएको हो ।

रेग्मी मेची खबर साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस सेन्टर झापाका निवर्तमान अध्यक्ष रेग्मी हुन् भने लामा नेपाल टेलिभिजनका झापा सम्वाददाता, प्रेस सेन्टर कोशी प्रदेश समिति सदस्य एवम् पत्रकार महासंघ झापा शाखाका सचिव हुन् ।उनीहरूलाई संयुक्त रुपमा पुरस्कार प्रदान गर्ने निर्णय भएको प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठकले जानकारी दिए । असार ३१ गते बसेको प्रेस सेन्टर झापाको बैठकले पुरस्कृत व्यक्तित्व छनोटसँगै पुरस्कारको राशिसमेत बढाएको अध्यक्ष पाठकले बताए ।

स्थापना कालमा पाँच हजार एक हजार रुपैयाँ राशि भएको डी. कौडिन्य पत्रकारिता पुरस्कारको राशि केही वर्ष यता २१ हजार रुपैयाँ थियो । उनले भने  ‘यस वर्षबाट पुरस्कारको राशि ४२ हजार पुर्‍याउने निर्णय भएको छ ।’ पुरस्कार डी. कौडिन्यको स्मृति दिवसको अवसरमा साउन ७ गते वितरण गरिने अध्यक्ष पाठकले बताए ।

२०८१ श्रावण १, मंगलवार प्रकाशित 0 Minutes 142 Views

ताजा समाचार