
भारतबाट लागू औषध भित्र्याउन खोज्ने एक भारतीय नागरिक मेची पुलमा पक्राउ परेका छन् ।
शनिबार साँझ साढे ५ बजेको समयमा मेचीनगर नगरपालिका-६ स्थित पुरानो मेची पुलमा लागू औषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको डब्लु बी ७४ वाई २१४१ नम्बरको भारतीय मोटरसाइकललाई रोकी मोटरसाइकल चालक भारत दार्जिलिङ खोरीवारि पानीटंकी बस्ने ३६ वर्षीय बब्लु रायलाई चेकजाँच गर्दा उनले लगाएको पाइन्टको गोजीमा प्लास्टिकबाहेक ११ ग्राम ३०० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई आवश्यक कारवाईको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
