
२८ असार मेचीनगर । लायन्स क्लब अफ मेचीनगरले विपन्न २५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
सामाजिक दायित्व अनुसार सदैव मानवीय सेवामा समर्पित क्लबले शुक्रबार मेचीनगरमा रहेका आर्दश मावि, ग्रिन भिलेज, सनसाइन र एभरेष्ट बोर्डिमा अध्ययनरत विद्यार्थीहरुलाई कापी, डटपेन, र छाता वितरण गरेको क्लबका अध्यक्ष दिनेश पोख्रेलले बताए ।

टोकला युवा क्लबको संयोजनमा भएको कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लबका जोन चियर पर्शन सन्तोष आचार्य, प्रथम उपाध्यक्ष दिपक कार्की, क्लबका डाइरेक्टर नवराज प्रधान, सचिव योगेश घिमिरेलगायतले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए ।
शिक्षा, स्वास्थ्य र आवसलगायत क्षेत्रमा योगदान पुर्याउदै आएको अध्यक्ष पोख्रेल बताउँछन् ।