२०८२ असार २४ मंगलवार

झापाको कचनकवलमा उद्धार गर्दागर्दै एउटा हरिण मर्‍यो

झापाको कचनकवलमा उद्धारको क्रममा एउटा जङ्गली चित्तल (हरिण) मरेको छ । हिजो साँझ बस्तीमा छिरेको हरिणलाई समातेर वन समितिलाई बुझाउन खोज्दा मरेको डिभिजन वन कार्यालयले जनाएको छ । हिजो साँझ ६.२५ बजेको समयमा कचनकवल गाउँपालिका–७ बालुवाडीमा रहेको दिपज्योति सामुदायिक वनबाट निस्किएको करिब अन्दाजी १०० के.जी. को हरिण कचनकवल–७ बालुवाडीस्थित गोबरधन बस्तीतर्फ प्रवेश गर्दा स्थानीयले समातेका थिए ।

दिपज्योति सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हरि लिम्बू आफैले आफ्नो ट्याक्टरमा बोकी डिभिजन वन कार्यालयको निर्देशन अनुसार कचनकवल –३ स्थित दुर्गाभिट्टा सामुदायिक वन उपभोक्ता समितिलाई जिम्मा दिनका लागि लैजाने क्रममा बाटोमा नै सो हरिण मरेको हो । मरेको हरिण दुर्गाभिट्टा सामुदायिक वन उपभोक्ता समितिलाई राति जिम्मा दिएको जनाइएको छ ।

२०८१ असार २८, शुक्रबार प्रकाशित 0 Minutes 237 Views

ताजा समाचार