
झापाको खुदुनाबारी– शनिश्चरे भित्री सडक खण्ड जोड्ने बिरिङ खोलाको पुल चर्किएर क्षति पुगेपछि आवागमन बन्द भएको छ ।
हिजोदेखि परेको अविरल वर्षाका कारण झापा अर्जुनधारा नगरपालिका-७ गढीस्थित खुदुनाबारी– शनिश्चरे भित्री सडक खण्ड जोड्ने बिरिङ खोलाको पुल चर्किएर क्षति पुगेको हो । उक्त पुलमा सवारी आवागमन बन्द गरिएको र डाइभर्सन गरी वैकल्पिक बाटोबाट सवारीसाधन आवागमन भइरहेको प्रहरीले जनाएको छ ।

२०८१ असार २६, बुधबार प्रकाशित
1 Minute
195 Views