२०८३ असार १७ बुधबार

बिरिङ खोलाको पुल चर्कियो, सवारीसाधान आवागमन बन्द

झापाको खुदुनाबारी– शनिश्चरे भित्री सडक खण्ड जोड्ने बिरिङ खोलाको पुल चर्किएर क्षति पुगेपछि आवागमन बन्द भएको छ ।

हिजोदेखि परेको अविरल वर्षाका कारण झापा अर्जुनधारा नगरपालिका-७ गढीस्थित खुदुनाबारी– शनिश्चरे भित्री सडक खण्ड जोड्ने बिरिङ खोलाको पुल चर्किएर क्षति पुगेको हो । उक्त पुलमा सवारी आवागमन बन्द गरिएको र डाइभर्सन गरी वैकल्पिक बाटोबाट सवारीसाधन आवागमन भइरहेको प्रहरीले जनाएको छ ।

२०८१ असार २६, बुधबार प्रकाशित 1 Minute 344 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।