
झापा । कनकाई नदीको बाढी पस्दा झापाको गौरीगन्ज र झापा गाउँपालिकामा ५१ घर डुबानमा परेको छ ।
अविरल वर्षासहित आएको बाढीले दुई गाउँपालिकाका सर्वसाधारण प्रभावित भएका हुन् ।

कनकाईको बाढीले झापा गाँउपालिका-१ सिमानाको टापु गाउँ सबैभन्दा बढी प्रभावित भएको छ । गाँउपालिका-२ को सुगाबथान बस्तीमा पनि अन्दाजी २.५ फिट पानी जमेको र प्रभावित स्थानीयलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
२०८१ असार २५, मंगलवार प्रकाशित
1 Minute
127 Views