२०८१ श्रावण ४ शुक्रबार

भारतको मेघालयमा मारिनेमा दुई नेपालीमध्ये एक इलामका

भारतको पूर्वोत्तर राज्य मेघालयस्थित कोइलाखानीमा हत्या गरिएका चार कामदारमध्ये दुईजना नेपाली भएको पुष्टि भएको छ । शनिबार मारिएका चारै जना नेपाली भएको बताइए पनि हिजो साँझसम्म दुई जना नेपाली रहेको खुलेको हो । मेघालयको जयन्तिया हिल्सस्थित उम्प्लेङ गाउँमा हत्या गरिएकामध्ये एक भारतीयको पनि परिचय खुलेको छ । बाँकी एक जनाको सनाखत हुन नसकेको स्थानीय प्रहरी प्रशासनले जनाएको छ ।

हत्या भएका एक जना नेपाली इलाम–२ का २३ वर्षीय रवि राई हुन् । त्यस्तै साबिक कोसी अञ्चलका २७ वर्षीय राजेश राई पनि सो घटनामा मारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनको स्थानीय ठेगाना भने खुलिसकेको छैन ।

मेघालयको उक्त घटनामा हत्या गरिएकामध्ये परिचय खुलेका अर्का भारतीय नागरिक नसर डाकिया हुन् । उनी सोही राज्यमा बसोबास गर्छन् । चार जनाको हत्या भएपछि मेघालयका एसपीको नेतृत्वमा एउटा स्पेसल अनुसन्धान टोली गठन गरिएको बताइएको छ । मेघालय प्रहरीका अनुसार हत्या भएका चारै जनाको घटनास्थलमा हातखुट्टा बाँधिएको अवस्थामा भेटिएको थियो भने उनीहरू सबैलाई धारिलो हतियारले आक्रमण गरिएको पाइएको हो ।

२०८१ असार २४, सोमबार प्रकाशित 0 Minutes 90 Views

ताजा समाचार