२०८१ श्रावण ४ शुक्रबार

मेचीनगर नगरपालिका : सार्वजनिक सुनुवाई कार्यक्रम असार २७ गते

मेचीनगर, २२ असार । मेचीनगर नगरपालिकाले यहि असार २७ गते सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ ।

नगरपालिकाले यहि असार २० गते सूचना जारी गरेर सो विषयमा जानकारी गराएको हो ।

प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर रहेको उक्त सूचनामा मेचीनगर नगरपालिका, नगर कार्यपालिका कार्यालयको सार्वजनिक सुनुवाई कार्यक्रम असार २७ गते दिउँसो १ वजे नगरपालिकाकै सभाहलमा हुने भएको सम्पूर्ण नगरवासीलाई उपस्थितिका लागि अनुरोध गरिएको पत्रमा उल्लेख छ ।

नगरपालिकाले यसअघि असार २० गते गर्ने भनेर पत्रचार गरेको थियो । तर, प्राविधिक कारणवश तयारी नपुगेको भन्दै सार्वजनिक सुनुवाई कार्यक्रम स्थगित गरेको थियो ।

२०८१ असार २३, आईतवार प्रकाशित 0 Minutes 104 Views

ताजा समाचार