२०८१ चैत्र ८ शुक्रबार

झापाको बुद्धशान्तिमा आगलागी, तीन लाख बराबरको क्षति

विद्युत् सर्ट भई आगलागी हुँदा झापाको बुद्धशान्ति गाउँपालिका २ जयपुर बस्ने मनरथ पोखरेलको गोठ जलेर नष्ट भएको छ । गएराति ८:३० बजेको समयमा पोखरेलको घरनजिकै रहेको काठ र टिनबाट बनेको गाई गोठमा बिद्युत् सर्ट भई अचानक आगलागी भएको हो । आगलागीबाट गोठ, गोठमा राखेको पराल,सखुवाको काठ ३० क्यूफिट, कुटि काट्ने मेसिन र मकै ३० मन गरी अन्दाजी ३ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुधबारेको टोली ,स्थानीयवासी, घरपरिवार,मेचीनगर र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा राति ९ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।

२०८१ असार २०, बिहीबार प्रकाशित 0 Minutes 203 Views

ताजा समाचार