मेचीनगर । एसईई परीक्षा २०८० मा मेचीनगरबाट करीब ५३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । शिक्षा शाखा मेचीनगरले दिएको जानकारीमा मेचीनगरबाट सहभागी कुल १ हजार ९९४ परीक्षार्थीमा १ हजार ४५ जना उत्तीर्ण भएका छन् । जुन सहभागी विद्यार्थीको ५२.४ प्रतिशत हो ।
सामुदायिकतर्फ सहभागी १ हजार ५८ मध्ये ३२२ तथा संस्थागततर्फ सहभागी ९३६ मध्ये ७२३ जना उत्तीर्ण भएको शिक्षा शाखाले जानकारी दिएको छ ।
मेचीनगरबाट सामुदायिक विद्यालयबाट करीब ३१ प्रतिशत तथा संस्थागत विद्यालयबाट करीब ७७ प्रतिशत उत्तीर्ण भएका छन् ।
एसईई परीक्षामा समग्र नेपाल भरमा ४७.८६ प्रतिशत तथा झापामा ४७.३७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
मेचीनगरको नतिजा नेपाल र झापाको औसतभन्दा केही सुधारिएको आएको पाइएको छ ।