२०८१ श्रावण ४ शुक्रबार

लायन्स क्लव अफ मेचीनगर अध्यक्षमा पोख्रेल

काँकरभिट्टा । लायन्स क्लव अफ मेचीनगरको वर्ष २०२४/२०२५ को अध्यक्षमा दिनेश पोख्रेल निर्वाचित भएका छन् ।

बुधबार काँकरभिट्टमा सम्पन्न अधिवेशनबाट क्लवको प्रथम उपाध्यक्ष दीपक कार्की, द्वितिय उपाध्यक्षमा प्रविन थापा र तृतिय उपाध्यक्षमा डम्बर खवास सर्व सम्मत चयन भएको क्लवका चार्टर प्रेसिडेन्ट लायन शंकर थापाले बताए ।

त्यसैगरी समितिको सचिवमा लायन यज्ञ घिमिरे, कोषाध्यक्षमा लायन सुरेश तिवारी रहेका छन् ।

वर्ष २०२३/२०२४ का अध्यक्ष रोशनलाल प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष प्रधानले नवनिर्वाचित अध्यक्ष पोख्रेललाई क्लबको गन गेबल र ब्याच हस्तन्तरण गरेका थिए ।

ब्याच हस्तान्तरण पछि नवनिर्वाचित अध्यक्ष पोख्रेलले प्रतिवद्धता मन्तब्य राखेका थिए । उनले लायन्स बोल्ने भन्दा पनि काम गरेर देखाउने संस्था भएको बताउँदै समाज रुपान्तरणा र सामाजिक अभियानमा आफ्नो सक्रिय भूमिका हुने बताए ।

लायान्स क्लवका जोन चेयर पर्शन लायन सन्तोष आचार्यको प्रमुख आतिथ्मा सम्पन्न कार्यक्रममा पमुख अतिथि आचार्यले समाज रुपान्तरणमा लायन्स क्लवले ठूलो भूमिका निर्वाह गर्दै आएको बताए । कार्यक्रमका विशेष अतिथि जनसंसद डटकमका सम्पादक एवम् मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेलले विधिको शासनलाई लायन्स क्लवले अक्षरश पालना गर्दै आएको भन्दै क्लबको विधि र पद्धतिको प्रशंसा गरे । ‘अरु संस्थाहरुमा नेतृत्वको मोहले धेरैलाई सताउँछ,’ उनले भने ‘यस संस्थामा ३६५ दिन भन्दा एक दिन पनि पदीय जिम्मेवारिमा बस्ने चलन रहेन छ । यो अभ्यास सबैले लागू गरे समाज रुपान्तरणमा सहयोग पुग्ने छ ।’

क्लवका चार्टर प्रेसिडेन्ट लायन शंकर थापाले क्लवले समाजमा पुरर्याएको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रमको सञ्चालन सचिव यज्ञ घिमिरेले गरेका थिए भने आस्तावाचन क्लवका सदस्य सुरेश तिवारीले गरे । कार्यक्रममा स्वागत उपाध्यक्ष लायन्स प्रविन थापाले गरेका थिए भने पूर्व अध्यक्ष मोहन मैनालीको उपस्थिति रहेको थियो ।

२०८१ असार १२, बुधबार प्रकाशित 0 Minutes 319 Views

ताजा समाचार