२०८१ श्रावण ४ शुक्रबार

मेचीनगर प्रस्तावित बजेट : २ अर्ब ५ करोड २९ लाख

मेचीनगर, १० असार । मेचीनगरको प्रस्तावित बजेट दुई अर्ब ५ करोड २९ लाख २ हजार रूपैयाँ आएको छ ।

मेचीनगर नगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को प्रस्तावित बजेट २ अर्ब ५ करोड २९ लाख २ हजार रूपैयाँ आएको हो ।

सोमबार मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको सभाध्यक्षमा पहिलो चरणको दोस्रो नगरसभाको पाँचौ अधिवेशनको नीति तथा कार्यक्रमबाट प्रस्तावित बजेट उपमेयर मिना पोखरेल उप्रेतीले प्रस्तुत गरेकी थिइन् ।

उपप्रमुख उप्रेतीेले दुई अर्ब ५ करोड २९ लाख २ हजार रूपैयाँको प्रस्तावित बजेट प्रस्तुत गरेकी थिइन् ।

प्रस्तावित बजेटमा नगर सभाको अर्को बैठकबाट छलफल प्रारम्भ हुनेछ ।

नगर सभाको अर्को बैठक सोमबार बस्नेछ ।

२०८१ असार १०, सोमबार प्रकाशित 0 Minutes 132 Views

ताजा समाचार