झापाको बुद्धशान्तिमा एक जना व्यक्ति मृत फेला परेका छन् ।
बुद्धशान्ति गाउँपालिका-५ खारखोला पुलबाट तीन सय मिटर पश्चिममा पहिचान नखुलेको व्यक्तिको शव फेला परेको हो । अत्यधिक गर्मीका कारण उनको मृत्यु भएको हुनसक्ने आशङ्का स्थानीयले गरेका छन् ।
घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको जनाइएको छ ।
२०८१ असार १०, सोमबार प्रकाशित
1 Minute
128 Views