२०८१ श्रावण ४ शुक्रबार

झापामा ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ

झापामा लागूऔषध भित्र्याउँदै गर्दा दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

बिहीबार साँझ ७ः२० बजेको समयमा झापा गाउँपालिका-१ सालमारा झोलुङ्गे पुल बगानमा चेकजाँचको क्रममा साईकलयात्री भारत किसनगंज कुतवाभिट्टा नयाँ टोल बस्ने वर्ष ४० का जुलमात हुसेन र पछाडि सवार सोही ठाउँ बस्ने वर्ष २० का तोसिफ आलमलाई चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट प्लास्टिकसहित २० ग्राम ५५० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । दुवैलाई नियन्त्रणमा लिई सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

२०८१ असार ७, शुक्रबार प्रकाशित 1 Minute 108 Views

ताजा समाचार