२०८१ पुष २९ सोमबार

मेचीनगरमा करिब २ अर्ब रुपैयाँको बजेट आउने

मेचीनगर । जनमुखी बजेट ल्याउन मेचीनगर नगरपालिकाले राजनीतिक दलका प्रमुख र सरोकारवालासँग छलफल थालेको छ ।

नगरपालिकाले केही दिनयता जनता लक्षित स्थानीय तहको बजेट ल्याउन स्थानीय राजनीतिक दलका प्रतिनिधि र प्रमुख तथा विभिन्न सरोकारवालासँग छलफल चलाएको हो ।

मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकी, उपमेयर मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, बरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती लगायत जनप्रतिनिधिहरु रहेको समितिले आगामी आर्थिक बर्ष २०८१/०८२ को बजेट कस्तो बन्नुपर्छ भन्ने विषयमा राय, सल्लाह र सुझावसहितको छलफल गरिरहेको छ ।

अबको बजेट कस्तो बन्नुपर्छ भन्ने विषयमा नगरका सबै राजनीतिक दलका प्रमुख, सामुदायिक, संस्थागत विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, सामुदायिक क्याम्पसका प्रमुखहरूसँग छलफल गरेको छ ।

नगरका सक्रिय राजनीति दलका प्रमुख, लक्षित समुह (महिला, बालबालिका, आदिवासि, जनजाति, दलित, अपांग लगायतका क्षेत्रमा कार्य गर्ने संघ-संस्थाका अध्यक्षहरुसँग छलफल सम्पन्न गरिसकेको नगरपालिकाले जनाएको छ । यसपटक मेचीनगरमा करिब २ अर्ब रुपैयाँको बजेट आउने तयारी भइरहेको बुझिएको छ । गत वर्ष १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँको बजेट थियो ।

२०८१ असार ६, बिहीबार प्रकाशित 1 Minute 232 Views

ताजा समाचार