२०८३ असार १७ बुधबार

भद्रपुर–बिर्तामोड सडक खण्डमा ढले १० वटा बिजुलीका पोल

भद्रपुर । बिर्तामोड नगरपालिका- ८ स्थित भद्रपुर–बिर्तामोड सडक खण्डको हर्चनादेखि प्याकुरेल सम्मको सडक खण्डमा १० वटा बिजुलीको पोल ढलेको छ । अविरल वर्षाको कारण सो सडक खण्डमा गाडिएको  बिजुलीको १० वटा पोल  ढलेको हो ।

एउटा पोल सोही स्थानका नारायण श्रेष्ठको पक्की घरमा कोल्टिएर अड्केको,  अर्को पोल सोही स्थानका कृष्ण श्रेष्ठको पक्की घरमा कोल्टिएर अड्केको र ८ वटा सोही स्थानका कामेश्वर श्रेष्ठको चिया बगानमा ढलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।   उक्त पोलमा जडित  बिर्तामोड नगरपालिकाबाट प्राप्त ५ ओटा सीसी क्यामेरा समेत पोल ढलेर खराब भएको  प्रहरीले जनाएको छ ।

२०८१ असार ४, मंगलवार प्रकाशित 1 Minute 501 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।