झापा । झापाको कमल गाउँपालिका चुलाचुलीमोडस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । आज बिहान ०७ः१५ बजे राजमार्गका टिपर र यात्रुबहाक बस आपसमा ठोक्किँदा बसमा रहेका २१ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झिलझिलेबाट दमकतर्फ आउँदै गरेको बा. ३ ख २१६६ नम्बरको टिपर र पूर्वतर्फ जाँदै गरेको को। १ ख ५०८७ नम्बरको बस एक आपसमा ठोक्किएका थिए ।
घाइतेमध्ये ११ जनाको दमक रिसर्च सेन्टर अस्पताल, नौ जनाको लाइफलाइन अस्पताल र एक जनाको दमक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बस चालक उदयपुर त्रियुगा–३ का ४५ वर्षीय अशोक बोट र टिपर चालक धनुषा गणेशमान–५ का ३४ वर्षीय शेरबहादुर राई इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेका छन् ।
घाइतेहरुको नाम र स्वास्थ्य अवस्था यस्तो छ
१. जिल्ला झापा कमल गाउँपालिका वडा नं.-४ बस्ने वर्ष ३८ की बिनु लिम्बु- देब्रे पाता र खुट्टामा चोट- अवस्था मध्यम, लाईफ लाइन अस्पताल दमकमा सामान्य उपचार पश्चात् थप उपचारको लागी BNC अस्पताल बिर्तामोड रेफर ।
२. जिल्ला झापा दमक नगरपालिका वडा नं.-५ बस्ने वर्ष ४२ को कलिन्द्र शेर्मा- घाटीमा चोट, अवस्था मध्यम, लाईफ लाइन अस्पताल दमकमा सामान्य उपचार पश्चात् थप उपचारको लागी BNC अस्पताल बिर्तामोड रेफर ।
३. जिल्ला मोरङ मधुमल्ला -८ बस्ने वर्ष अं.३५/३६ की कल्पना कटुवाल- टाउकोमा चोट, अवस्था बोल्न नसक्ने गम्भीर- दमक रिसर्च सेन्टर दमकमा सामान्य उपचार पश्चात् थप उपचारको लागी न्युरो अस्पताल विराटनगर रेफर ।
४. निजकै छोरा नाम थर नखुलेको अन्दाजी ४/५ वर्षको बालक- टाउको र गालामा चोट, अवस्था बोल्न नसक्ने गम्भीर- दमक रिसर्च सेन्टर दमकमा सामान्य उपचार पश्चात् थप उपचारको लागी न्युरो अस्पताल विराटनगर रेफर ।
५. जिल्ला मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं.-१ बस्ने वर्ष ४० की पूर्णमाया पोखरेल- टाउकोमा चोट, अवस्था बोल्न सक्ने मध्यम, दमक रिसर्च सेन्टर दमकमा सामान्य उपचार पश्चात् थप उपचारको लागी न्युरो अस्पताल विराटनगर रेफर ।
६. जिल्ला झापा दमक नगरपालिका वडा नं.-८ बस्ने वर्ष ५१ को होम बहादुर भट्टराई- टाउकोमा चोट- अवस्था बोल्न सक्ने मध्यम, दमक रिसर्च सेन्टर दमकमा सामान्य उपचार पश्चात् थप उपचारको लागी न्युरो अस्पताल विराटनगर रेफर ।
७. जिल्ला सुनसरी इटहरी उपमहानगरपालिका वडा नं.-५ बस्ने वर्ष ३८ की शारदा खड्का- टाउको र अनुहारमा चोट, अवस्था बोल्न नसक्ने गम्भीर, दमक रिसर्च सेन्टर दमकमा सामान्य उपचार पश्चात् थप उपचारको लागी न्युरो अस्पताल विराटनगर रेफर ।
८. जिल्ला झापा दमक नगरपालिका -५ बस्ने वर्ष ४५ को अच्युत निरौला- नाक र निधारमा चोट, अवस्था बोल्न सक्ने मध्यम- दमक रिसर्च सेन्टर दमकमा सामान्य उपचार पश्चात् थप उपचारको लागी न्युरो अस्पताल विराटनगर रेफर ।
९. जिल्ला झापा कमल गाउँपालिका वडा नं.-५ बस्ने वर्ष ३८ की लीला चौहान- हात खुट्टामा चोट, अवस्था बोल्न सक्ने सामान्य, दमक रिसर्च सेन्टर दमकमा सामान्य उपचार पश्चात् थप उपचारको लागी न्युरो अस्पताल विराटनगर रेफर ।
१०. जिल्ला झापा दमक नगरपालिका वडा नं.-१ बस्ने वर्ष ३५ को राजु कडरिया- बायाँ गालामा चोट, अवस्था बोल्न सक्ने सामान्य, दमक रिसर्च सेन्टर दमकमा सामान्य उपचार पश्चात् थप उपचारको लागी निम्स अस्पताल दमक रेफर ।
११. जिल्ला झापा गौरादह नगरपालिका वडा नं.-४ बस्ने वर्ष ३० को दुर्गा बहादुर श्रेष्ठ- टाउकोमा चोट, अवस्था बोल्न सक्ने मध्यम, दमक रिसर्च सेन्टर दमकमा सामान्य उपचार पश्चात् थप उपचारको लागी निम्स अस्पताल दमक रेफर ।
१२. जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं.-७ बस्ने वर्ष ५० को कृष्ण कुमार तामाङ- दाहिने खुट्टामा चोट, अवस्था बोल्न सक्ने सामान्य, दमक रिसर्च सेन्टर दमकमा उपचार हुँदै ।
१३. जिल्ला झापा दमक नगरपालिका वडा नं.-८ बस्ने वर्ष ६५ को भरत ढकाल- नाक र दाहिने हातमा चोट, अवस्था बोल्न सक्ने सामान्य, दमक रिसर्च सेन्टर दमकमा उपचार हुँदै ।
१४. जिल्ला झापा दमक नगरपालिका वडा नं.-१ बस्ने वर्ष ४६ की बबिता राई- टाउकोमा र छातीमा चोट, अवस्था बोल्न सक्ने मध्यम- दमक अस्पताल दमकमा उपचार हुँदै ।
१५. जिल्ला झापा दमक नगरपालिका वडा नं.-४ बस्ने वर्ष ३० की भारती मगर- नाक र दाहिने खुट्टामा चोट- अवस्था बोल्न सक्ने सामान्य - लाईफ लाइन अस्पताल दमकमा उपचार हुँदै ।
१६. जिल्ला झापा कमल गाउँपालिका वडा नं.-५ बस्ने वर्ष ४० को लक्ष्मी सुब्बा- मुखमा चोट- अवस्था बोल्न सक्ने सामान्य- लाईफ लाइन अस्पताल दमकमा उपचार हुँदै ।
१७. जिल्ला झापा बिर्तामोड नगरपालिका वडा नं.-४ बस्ने वर्ष २१ को कर्ण बहादुर राजवंशी- टाउकोमा सामान्य चोट, अवस्था बोल्न सक्ने सामान्य- लाईफ लाइन अस्पताल दमकमा उपचार हुँदै ।
१८. जिल्ला भोजपुर ट्याम्केमैयुम गाउँपालिका वडा नं.-४ बस्ने वर्ष ४५ की चरित्र राई- देब्रे पातो भाँच्चिएको, खुट्टामा सामान्य चोट- अवस्था बोल्न सक्ने सामान्य- लाईफ लाइन अस्पताल दमकमा उपचार हुँदै ।
१९. जिल्ला मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं.-१ बस्ने वर्ष ६५ को टङ्क प्रसाद चुँडाल- मुखमा चोट- अवस्था बोल्न सक्ने सामान्य- लाईफ लाइन अस्पताल दमकमा उपचार हुँदै ।
२०.निजकै छोरी वर्ष १५ की क्याटरिना चुँडाल- टाउकोमा सामान्य चोट- अवस्था बोल्न सक्ने सामान्य- लाईफ लाइन अस्पताल दमकमा उपचार हुँदै ।