२०८३ असार १७ बुधबार

केचना-चारआली सडक खण्डमा कल्भर्ट भत्कियो, भद्रपुर-कचनकवल जोडने मुख्य सडक अवरुद्ध

झापा । गएराति परेको अविरल वर्षाले कल्भर्ट भत्किदा केचना-चारआली सडक खण्ड अवरुद्ध बनेको छ । वर्षाले भद्रपुर नगरपालिका-१ लाहुरे चौकस्थित राजपैनी खोलामा बनाइएको ५० मिटर कल्भर्टमा क्षति पुगेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

सडक अवरुद्ध हुँदा भद्रपुरबाट कचनकवल जाने सवारीसाधनहरू वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएको छ । अहिले साना तथा ठुला सवारीसाधनहरू भद्रपुरको सगरमाथा चोक वा सोमबारे चोकबाट पश्चिम हुँदै कचनकवलतर्फ गइरहेको छ ।

२०८१ असार २, आईतवार प्रकाशित 1 Minute 340 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।