२०८१ चैत्र १० आईतवार

मेचीनगरमा विकास पत्रकारिता तालिम सुरु

मेचीनगर, असार १ । मेचीनगरमा सञ्चारकर्मीहरुका लागि विकास पत्रकारिता तालिम सुरु भएको छ ।

मेचीनगर सञ्चार प्रतिष्ठानले नगरपालिकाका रहेका पत्रकारहरुलाई लक्षित गरि २ दिवसिय तालिमको आयोजना गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोख्रेल उप्रेतीले ब्यानर पढेर तालिमको उदघाटन गरेकी थिइन् । कार्यक्रममा बोल्दै उपप्रमुख उप्रेतीले मिडियाकर्मीहरुमा एकद्वार प्रणालीबाट जान सञ्चार प्रतिष्ठान गठन गरिएको बताइन् ।

त्यस्तै वडा नं ७ अध्यक्ष प्रह्लादमणि ओली, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, प्रेस क्लब मेचीनगरका पुर्व अध्यक्ष मुक्ति पौडेल तथा प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बरालले शुभकामना मन्तव्य राखेका थिए ।

तालिममा पत्रकारहरुको आचार संंहिताका बारेमा प्रेस काउन्सिलका सदस्य गणेश पोखरेलले, विकास पत्रकारिताको अवस्थाका बारेमा पत्रकार मोहन काजी र विकास पत्रकारिताको चुनौतीका बारेमा पत्रकार ज्ञानेन्द्र निरौलाले सहजीकरण गरेका थिए ।

प्रतिष्ठान अध्यक्ष शिशिर चम्लागाईँको अध्यक्षतामा भएको उद्घाटन सत्रमा स्वागत सदस्य झुलन रेग्मी र सञ्चालन सदस्य सचिव प्रकाश पौडेलले गरेका थिए ।

मेचीनगर नगरपालिकाको सभाहलमा आयोजना गरेको तालिममा मेचीनगरका ३० बढी सञ्चारकर्मी सहभागी रहेका छन् ।

२०८१ असार १, शनिबार प्रकाशित 0 Minutes 271 Views

ताजा समाचार