२०८१ श्रावण ४ शुक्रबार

झापाका अग्रज पत्रकार पाठकको निधन

बिर्तामोड । झापाका अग्रज पत्रकार नेत्र पाठकको निधन भएको छ । ७२ वर्षीय पाठकको आज (बिहीवार) बिहान ९ः३० बजे आफ्नै निवास बिर्तामोड–४ मा निधन भएको हो । पत्रकार पाठक प्रेस चौतारी झापाको संस्थापक अध्यक्ष हुन् ।

पूर्वशिक्षक समेत रहेका पाठकले लामो समय शिक्षण गर्नुको साथै उनी नेपाल शिक्षक संगठनको नेतृत्वदायी भूमिकामा रहेका थिए ।

बिर्तामोड–४ मेथीबारी टोलमा बस्दै आएका पाठकका पत्नी सीता पाठक, छोरा विज्ञान, बुहारी हिमा, छोरी एलिजा र एक नाति रहेका छन् । पाठक तीन वर्षयता दम, निमोनिया, प्रोस्टेट क्यान्सर र ब्रेनको नशासँग सम्बन्धित समस्याका कारण घरमै उपचार र आराम गर्दै आएका थिए ।

उनको अन्त्यस्टी छोरा बिदेशमा रहेका र भोली पुगेपछि शुक्रवार (भोली) गरिने पारिवारिक स्रोतले जनाएको छ ।

२०८१ जेष्ठ ३१, बिहीबार प्रकाशित 0 Minutes 204 Views

ताजा समाचार