बिर्तामोड । करिब तीन साताअघि झापाको बिर्तामोडमा चक्कु प्रहार गरी फरार रहेका वरुण धिमाल पक्राउ परेका छन् । प्रहरीले फरार रहेका धिमाललाई खोजतलास गर्ने क्रममा आइतबार बुद्धशान्ति गाउँपालिका ३ पुलचौकबाट पक्राउ गरेको हो ।
जेठ ६ गते राति ८ः३० बजेको समयमा बुद्धशान्ति गाउँपालिका-३ घर भई बिर्तामोड नगरपालिका ३ स्थित विनीता ढकालको घरमा डेरा गरी बस्ने २८ वर्षीय धिमालले सुनसरी साबिक इटहरी नगरपालिका-८ घर भई सोही घरमा डेरा गरी बस्ने अन्दाजी ७० वर्षीय काशीनाथ गौतमलाई पेट र शरीरको विभिन्न भागमा तरकारी काट्ने चक्कुले प्रहार गरी घाइते बनाई फरार भएका थिए ।

धिमाललाई झापा जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



