२०८१ भाद्र २३ आईतवार

काँकरभिट्टा खानेपानी संस्थाको अध्यक्षमा बुढाथोकी निर्वाचित

मेचीनगर, जेड २८ । काँकरभिट्टा खानेपानी तथा उपभोक्ता संस्थाको अध्यक्षमा रोहितकुमार बुढाथोकी निर्वाचित भएका छन् ।

सोमबार बिहान २ बजे सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार बुढाथोकीले १९९१ मत प्राप्त गरी विजयी भएका हुन् । अध्यक्षका अर्का प्रतिस्पर्धी नेकपा एमालेका सन्तोष आचार्यले १८०८ मत प्राप्त गर्नु भएको छ । अचार्यभन्दा १८३ मत बढी ल्याएर बुढाथोकी निर्वाचित हुनु भएको निर्वाचन समितिका संयोजक राजु कार्कीले जानकारी दिए । अध्यक्षमा रास्वपाका उम्मेद्वार सुदर्शन खड्काले ३४६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, उपाध्यक्षमा एमालेका गोविन्द गिरीले २२६२ मत प्राप्त गरी विजयी भएको छन्् । उपाध्यक्षका माओवादीका उम्मेद्वार राजकुमार दाहालले १२१९ मत प्राप्त गरेका थिए भने रास्वपाका कृष्ण सुवेदीले ६३० मत प्राप्त गरेका थिए ।

सचिवमा नेपाली काँग्रेसका विशाल तामाङ विजयी भएका छन् । तामाङले १७४५ मत प्राप्त गरेका छन् भने एमालेका जसपाका दिलिपजंग सुब्बाले १६६३ मत प्राप्त गरेका थिए । त्यस्तै, रास्वपाका नरेन्द्र शिवाकोटीले ५९८ मत पाएका थिए ।

कोषाध्यक्षमा एमालेका बिमला तामाङ विजयी भएकी छिन् । तामाङले २०६५ मत ल्याएर विजयी हुँदा एकिकृत समाजवादीकी विमला देवकोटाले १४६३ मत प्राप्त गरेकी छिन् भने रास्वपाका सुधादेवी खड्काले ३९८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, खानेपानी संस्थाको कार्यसमिति सदस्यहरुमा महिला तर्फ एमालेकी इन्दीरा बुढाथोकी र जसपाकी मिरा कार्की विजयी भएकी छिन् । बुढाथोकीले १६६४ र कार्कीले १५४६ मत प्राप्त गरेका थिए । त्यस्त,ै इकाई सदस्यतर्फ वडा नं. २, ३ र ४ बाट राप्रपाका इन्द्र प्रधानले १८८६ मत प्राप्त गरी विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका तीर्थराज नेपालले १५९० मत प्राप्त गरे ।

त्यस्तै इकाई सदस्य वडा नं. ५ र ८ बाट काँग्रेसका केदारजंग भट्टराई १४६० मत प्राप्त गरी विजयी भएका छन् भने सोही पदमा एमालेका पर्शुराम निरौलाले १३५९ र रास्वपाका राजकुमार गिरीले ९८८ मत प्राप्त गरे । इकाई सदस्य वडा नं. ६ र ७ बाट एमालेका डिल्लीकमार काफ्ले १५८१ मत ल्याएर विजयी भएका छन् । सोही पदमा पूणर्बहादुर लिम्बुले १४१६ र दिपेश तिवारीले ८५५ मत प्राप्त गरेका थिए ।

त्यसैगरी लेखा समिति संयोजकमा एमालेका सोमराज ढकालले १५०८ मत प्राप्त गरी विजयी हुुनु भएको छ भने राप्रपाका किशोर शर्मा भण्डारीले १४३४ र रास्वपाका भेषराज ओलीले ८११ मत प्राप्त गरेका थिए । लेखा समिति सदस्यमा बालकुमार भुजेल र जोस्ना राजबंशी विजयी भएका छन् । भुजेलले १६६० र राजबंशीले १७९९ मत प्राप्त गरेका थिए । लेखा समिति सदस्यका अन्य उम्मेद्वारहरु विकास राउतले १२४८, प्रज्वल गौतमले ७५६ र रिता घिमिरेले १७२९ मत ल्याए पनि जितका लागि पर्याप्त भएन ।

शनिबार सम्पन्न मतदानमा ४ हजार ९ सय १८ मत खसेको थिए । काँकरभिट्टा खानेपानीको निर्वाचनका लागि काँग्रेस, माओवादी, राप्रपा, नेपका एस र संघीय लोकतान्त्रीक मञ्चले संयुक्त प्यानल बनाएर उम्मेद्वार उठाएका थिए भने एमाले र जसपाले साझा उम्मेद्वारी दर्ता गरी चुनावी मैदानमा होमिएका थिए ।

२०८१ जेष्ठ २८, सोमबार प्रकाशित 0 Minutes 287 Views

ताजा समाचार