काँकरभिट्टा , २६ जेठ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको चुनावमा ५ हजार २० मत खसेकाे छ ।
काँकरभिट्टा माविको परिसरमा जारी खानेपानीकाे चुनावमा ७४ प्रतिशत मत खसेकाे निर्वाचन समिति सदस्य केशव पाेखरेलले जानकारी दिए ।

उनले ६ हजार ७७४ मतदाता मध्ये ५ हजार २० जनाले मतदान गरेकाे बताए । विहान ८ वजेदेखि सुरू मतदान ५ वजे सकिएकाे छ ।
मतगणना भाेलि विहान ८ वजेदेखि खानेपानी कार्यालयकाे सभाहलमा हुने निर्वाचन समिति संयाेजक राजु कार्कीले बताए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



