२०८१ मंसिर २५ मंगलवार

वृक्षारोपण र सरसफाई गर्दै रोट्राक्ट काँकरभिट्टाले विश्व वातावरण दिवस मनायो

काँकरभिट्टा । रोट्राक्ट क्लब अफ काँकरभिट्टाले काँकरभिट्टा बसपार्कको हाताभित्र रहेको फाउन्टेन पार्कमा सरसफाई अभियान र वृक्षारोपण गरी विश्व वातावरण दिवस मनाएको छ ।

कार्यक्रमले फाउन्टेन पार्कको परिसरमा हरियाली पुनस्र्थापना एवम् प्रवर्धन गरी स्वच्छ वातावरण कायम गर्ने र प्रकृतिप्रति उत्तरदायित्वको भावना जगाउने महत्वमा जोड दिएको थियो ।

क्लबले वातावरण प्रतिको जिम्मेवारी बहन गर्नु नै समाजमा प्रभावकारी परिवर्तनको प्रधान वाहक रहेको कुरालाई आत्मसाथ गर्दै सो कार्यक्रम गरेकोे हो ।

कार्यक्रममा रोट्राक्ट क्लब अफ काँकरभिट्टाका अध्यक्ष सौभाग्य थापाले एक बोट लगाउँदै अब सबैमा यस्तो भावना जागृत हुनु आवश्यक रहेको बताए ।

सरसफाइको क्रममा काँकरभिट्टा क्षेत्रको बस पार्कमा फालिएका प्लास्टिकजन्य फोहोरहरू समेत सङ्कलन गरिएको थियो ।

प्लास्टिकजन्य फोहोरका कारण वातावरणमा नकारात्मक प्रभाव पारेको भन्दै सचेतनामूलक प्रभातफेरि एवं सरसफाइ कार्यक्रम गरिएको थियो ।

२०८१ जेष्ठ २३, बुधबार प्रकाशित 0 Minutes 281 Views

ताजा समाचार