चुलाचुली गाउँपालिका-५ स्थित रतुवा खोलाले बोलेरो जिप बगाउँदा मृत्यु हुने बालक र महिलाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार मृत्यु हुनेहरूमा इलामको माङसेवुङ-५ की शर्मिला फागो र माङसेवुङ ३ की निरु लिम्बूका तीन वर्षीय छोरा नियन नेम्वाङ छन् । निरुलाई भने घाइते अवस्थामा उद्धार गरी दमकको लाइफलाइन अस्पतालमा लगिएको प्रहरी कार्यालय इलामका डिएसपी प्रकाश जवेगूले बताए ।
इलामको लारुम्बादेखि दमकका लागि छुटेको लु १९४९१ नम्बरको बोलेरो जिप सोमबार साँझ करिब ६ बजे चुलाचुलीको चपेटी क्षेत्रमा रतुवा खोलाले बगाएको थियो । जिपमा सवारमध्ये ३ जना खोलाबाट पौडेर बाहिर निस्केका थिए । चालक भने सम्पर्क बाहिर छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



