२०८३ असार १७ बुधबार

दमक आउँदै गरेको जिप रतुवा खोलाले बगायो, दुई जनाको मृत्यु

झापा र इलाम सीमावर्ती चुलाचुली गाउँपालिका-५ स्थित रतुवा खोलाले जिप बगाउँदा दुई जनाको मृत्यु भएको छ । इलामको लारूम्बाबाट दमक आउँदै गरेको बोलेरो जिपलाई रतुवा खोलाले बगाएको हो ।

जिपमा सवारमध्ये दुई जनाको शव भेटिएको इलामका प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए । गाडी खोलाले बगाएको ठाउँभन्दा केही तल एक जना बच्चा र महिलाको शव प्रहरीले भेटाएको छ । उनीहरूको पहिचान खुलिसकेको छैन । ‘गाडीको एउटा चक्का मात्रै फेला परेको छ । गाडी भेटिएको छैन । प्रहरी पुगेर घटनास्थलमा उद्धार र अनुसन्धान थालेको छ,’ एसपी प्रभु ढकालले भने ।

जिपलाई चपेटीभन्दा माथिको रतुवा खोलाले बगाएको थियो । उक्त जिपमा चालकसहित ६ जना यात्रु सवार थिए । ६ जनामध्ये ४ जनाको उद्धार भएको छ । बच्चा र महिलाको शव भेटिएको उनले बताए । गाडीको एउटा चक्का भेटिएको र उद्धारको लागि टोली त्यहाँ पुगेको ढकालले बताए ।

२०८१ जेष्ठ २१, सोमबार प्रकाशित 1 Minute 391 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।