२०८१ असार १२ मंगलवार

पारिजात स्कूलका ‘वर्ष उत्कृष्ट’हरु सम्मानित

धुलाबारी । मेचीनगर-९ मा सञ्चालित पारिजात पब्लिक स्कुलले वार्षिक पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न विधा अन्तर्गत कक्षागत उत्कृष्ट भएका विद्यार्थी तथा शिक्षकलाई सम्मान गरिएको हो ।

पारिजात बाल क्लबको सञ्चालनमा रहेको कार्यक्रममा शैक्षिक सत्र-२०८० मा विधागत रुपमा उत्कृष्ट भएकाहरुलाई सम्मान गरिएको हो । जस अन्तर्गत कक्षागत रुपमा उत्कृष्ट १० जना विद्यार्थीलाई सम्मान गरिएको हो । वर्ष उत्कृष्ट विद्यार्थीको रुपमा कक्षा १० की विद्यार्थी जयन्ती बुढाथोकीलाई सम्मान गरिएको छ । त्यस्तै, वर्ष उत्कृष्ट प्रिन्सिपल सम्मान कार्यक्रममा नुब्सा लिम्बुलाई सम्मान गरिएको छ ।

त्यसैगरी, बैशाख महिनाको उत्कृष्ट शिक्षक सम्मान भवना भण्डारीलाई समर्पित गरिएको छ । कार्यक्रममा कक्षा १ देखि ९ सम्मका उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको प्रिन्सिपल विनोद कुमार श्रेष्ठले बताए । कार्यक्रममा वर्ष उत्कृष्ट सरसफाइ, रेगुलर र आज्ञाकारी विद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।

शिक्षक विशाल आचार्यले शुभकामना मन्तव्य राखेको कार्यक्रममा विद्यार्थीहरुले सामुहिक नृत्य तथा गीत प्रस्तुत गरेका थिए । कार्यक्रम प्रिन्सिपल विनोद कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।

२०८१ जेष्ठ २०, आईतवार प्रकाशित 1 Minute 395 Views

ताजा समाचार