२०८१ मंसिर २६ बुधबार

रोटरी क्लब काँकरभिट्टाको निःशुल्क स्वास्थ्य शिविरमा २०५ जना लाभान्वित

मेचीनगर । मेचीनगर—६ नकलबन्दामा शनिबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

उपचारको पहुँचसम्म पुग्न नसक्ने सर्वसाधारणलाई लक्षित गरेर रोटरी क्लब अफ काँकरभिट्टाले शनिबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो ।

मेचीनगर-६ मा रहेको नकलबन्दा बचत तथा ऋण सहकारी संस्था लिको व्यवस्थापनमा स्थानीय गंगा मेमोरियल अंग्रेजी विद्यालय नकलबन्दाको परिसरमा आयोजित शिविरमा ग्रामीणक्षेत्रबाट सेवा प्रदान गरिएको थियो ।

बिएण्डसी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पताल विर्तामोडबाट महिला तथा प्रसुति रोग विशेषज्ञ डाक्टर ज्योति भाजु लामाको नेतृत्वमा विशेषज्ञसहितको टोली शिविरस्थलमा पुगेको थियो । टोलीले २ सय ५ जनाको स्वास्थ्य परीक्षण गरेको थियो ।

फिजिसियन, स्त्री रोग, पाठेघरको मुखको क्यान्सर सम्बन्धी भिआईए परीक्षण, तथा क्यान्सर सम्बन्धी सचेतना सेवा सेवाग्राहीलाई प्रदान गरेको पूर्व अध्यक्ष कृष्णकान्त (नवराज) खनियाँले जानकारी दिए ।

स्वास्थ्य परीक्षण गरेकामध्ये ५ जनालाई थप परीक्षणका लागि अस्पताल बोलाइएको छ । ‘५ जनामा केही संक्रमण देखिएका कारण उपचारका लागि अस्पताल जान सुझाव दिएका छौ ’ महिला तथा प्रसुति रोग विशेषज्ञ डाक्टर ज्योति भाजु लामाले भने— ‘यस्ता शिविर सर्वसाधारणका लागि निक्कै प्रभावकारी हुन्छन् । कतिजना विविध कारणले विभिन्न रोग पालेर बस्न बाँध्य हुनुहुन्छ । ’

असहाय र अशक्त नागरिकको सेवा गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको क्लबले जनाएको छ । क्लबले गाउँमै शिविर सञ्चालन गरेकामा स्थानीयवासीले खुसी व्यक्त गरेका छन् ।’

शिविरमार्फत मेचीनगर नगरपालिकाका – ५, ६, ७ र ८ का स्थानीयवासीले सेवा लिएका छन् ।

शिविरमा स्वास्थ्य जाँचका लागि आएका बिरामीहरुमा मधुमेह, उच्च रक्तचाप, मुटु रोग, मुटु भल्व रोग, घुँडाको दुखाई जस्ता समस्याहरु पाइएको छ ।

सहकारीका अध्यक्ष केशर तिम्सिनाका अनुसार सामाजिक उत्तरदायित्व अन्तरगत सहकारीले क्लबसँग समन्वय गरेर समुदायमा केन्द्रीत स्वास्थ्य शिविर सञ्चालन गरेको धारणा राख्नुभयो । शिविरमा ४० वर्षदेखि ६५ वर्ष उमेर समुहका महिलाहरु बढी आएका थिए । उनीहरुलाई बिएण्डसी मेडिकल कलेज विर्तामोडको प्रसुति तथा स्त्री रोग विभागका डाक्टर ज्योति भाजु लामाले स्वास्थ्य सेवा प्रदान गरे ।

अन्तर्राष्ट्रिय रोटरी क्लब नेपाल भुटान अन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाका सन् २०२३—२०२४ का अध्यक्ष इञ्जिनियर रुद्र मैनालीको अध्यक्षतामा भएको शिविरको उद्घाटन सत्रको सञ्चालन क्लबका निवर्तमान अध्यक्ष सुजन प्रधानले गरेका थिए ।

पूर्व अध्यक्षहरु कृष्णकान्त (नवराज) खनियाँ, रोहितकुमार बुढाथोकी, दिलीप सुवेदी , क्लबका सन् २०२३—२०२४ सहसचिव पेमा तामाङ, सन् २०२४/२०२५ क्लबको प्रेसिडेन्ट इलेक्ट उदयकुमार श्रेष्ठ, यूथ सर्भिस रविन सुवेदीलगायतको उपस्थिति थियो ।

२०८१ जेष्ठ २०, आईतवार प्रकाशित 1 Minute 144 Views

ताजा समाचार