२०८३ असार १७ बुधबार

काँकरभिट्टाबाट नेपालगन्ज जाँदै गरेको बस मकवानपुरमा दुर्घटना, २० जना घाइते

मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेमा बस नालीमा खस्दा २० जना घाइते भएका छन्। आज बिहान पौने ३ बजे काँकरभिट्टाबाट नेपालगन्ज जाँदै गरेको ना ५ ख ५५१५ नम्बरको यात्रुवाहक बसको अगाडीको पट्टा भाँचिन गई बस अनियन्त्रित भएर नालीमा खसेको मकवानपुर प्रहरीले जनाएको छ।

बस दुर्घटना हुँदा २० जना घाइते भएको प्रहरीको भनाइ छ। तीमध्ये ११ जनाको स्थानीय अस्पताल र ९ जनालाई उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

२०८१ जेष्ठ १८, शुक्रबार प्रकाशित 0 Minutes 373 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।