२०८१ असार ४ सोमबार

चट्याङले झापाका विभिन्न ठाउँमा क्षति

झापाका विभिन्न ठाउँमा गएराति परेको चट्याङले क्षति पुर्याएको छ । राति ८ बजेको समयमा वर्षासँगै परेको चट्याङले कचनकवल गाउँपालिका- ७ फर्साडाँगी बस्ने ४५ वर्षीय देवराज न्यौपानेको मिल घरमा जडान गरेको बिजुलीको मिटरमा आगलागी भएको छ । मिटर पूर्ण रुपमा जल्दा ७ हजार बराबरको क्षति भएको छ ।

त्यस्तै हिजो साँझ ७ः३० बजेको समयमा वर्षासँगै परेको चट्याङले झापा गाउँपालिका-३ टाघनडुब्बा बस्ने ३२ वर्षीय अशोक गणेशको इँटा सिमेन्टले बनेको टिनको छानो भएको एक तले घरमा जडान गरिएको बिजुलीको मिटर, सोलार प्यानल र बिजुली तार समेत पूर्ण रुपमा जल्दा अन्दाजी १० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

२०८१ जेष्ठ १८, शुक्रबार प्रकाशित 1 Minute 85 Views

ताजा समाचार