२०८१ असार ४ सोमबार

चिठी लेखेर बेपत्ता भएका झापा गौरादहका दुई नाबालक पथरीमा भेटिए

झापाको गौरादह नगरपालिका– १ बेलडाँगी चौकबाट मंगलवार बेपत्ता भएका दुई जना बालकलाई परिवारले मोरङको पथरीमा फेला पारी घर फर्काइको छ । उनीहरूलाई आज ३ बजे बिहान घर ल्याइएको छिमेकी सोम कार्कीले जानकारी दिए ।

पथरीमा एक वृद्धाको घरमा बसिरहेको अवस्थामा दुई बालकलाई फेला पारेको कार्कीले बताए ।गौरादहका भुपेन खड्काका २ नाबालक छोराहरू १४ वर्षीय खगेन्द्र खड्का र देव खड्कालाई बिहान घर ल्याइएको हो । स्थानीय मोती माध्यमिक विद्यालय गौरादह – १ सितापुरीमा कक्षा ८ मा अध्ययनरत नाबालकहरू खैरो पेन्ट कोठे सर्ट र कपडाको पान्डा जुत्ता लगाएर मंगलवार घरबाट हिँडेका थिए ।

परिवारको सम्पर्कमा आएपछि उनीहरूले आफन्तको घर रमाइलो हिँडेको भनेका थिए । बुबा आमा र दिदिलाई हाम्रो चिन्ता नलिनु हामीलाई नखोज्नु, हामी गौरीगञ्ज जानेछौ भनेर लेखिएको चिठी समेत परिवारले फेला पारेको थियो । उनीहरूले चिठीमा जति खोज्नु हुन्छ, त्यति नै भाग्छौ भन्दै लेखेका थिए ।

२०८१ जेष्ठ १६, बुधबार प्रकाशित 0 Minutes 151 Views

ताजा समाचार